INSEC Online

📅 २०८३ असार ११

समाचार

क्षमता भन्दा तेब्बर बालबन्दी, बालबालिकालाई बस्नै सकस

भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा क्षमताभन्दा तेब्बर बढी बालबालिका राख्दा कैद भुक्तान गर्न आएका बालबालकालाई निकै समस्या परेको छ । बाल सुधार गृहमा रहेका एक बालकका आमाले क्षमताभन्दा बढी बालबालिका

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मादी नगरपालिका–५ का २१ वर्षीय मिन बहादुर तामाङलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टेकनाथ गौतमको ०७९ चैत २७

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका–४ घर भइ महालक्ष्मी नगरपालिका–४ इमाडोल ग्रिनहिल सिटी बस्ने ३८ वर्षीय सुशिल चटौतलाई ०७९ चैत २७ गते १८ वर्ष

५० शैयाको भवन बन्यो, विशेषज्ञ डाक्टर भएनन्, बिरामी मर्कामा

जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन । भेरी नगरपालिका–१३ कुदुका ध्रुब प्रसाद शर्मा पेटमा समस्या भएपछि उपचारकालागि भन्दै जिल्ला अस्पताल खलंगा पुगे तर विशेषज्ञ डाक्टर अस्पतालमा नहुँदा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ११ गाबुडाँडाका ३७ वर्षीय लिलाबहादुर बस्याललाई चैत २६ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २२ गते बलात्कार गरेको

गर्भपतन तथा कसुर संरक्षणमा साढे दुई वर्ष कैद

१७ वर्षीया बालिकालाई गर्भपतन गरी कसुर संरक्षण गरेको आरोपमा रूपनी गाउँपालिका–२ का ३८ वर्षीय गजेन्द्रप्रसाद साहलाई चैत २७ गते साढे दुई वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त

बलात्कार घटनाका फरार आरोपित हाजिर हुनासाथ कारागारमा

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदार हाजिर हुनासाथ चैत २६ गते राजविराज कारागारमा थुनिएका छन् । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासबाट

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडितलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले चैत २७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा

इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लाका १२ ओटा स्थानीय तहमा रहेका न्यायिक समितिहरुमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्र भित्रको विवाद निरुपण गर्न स्थानीय तहका

चिसो र खानेपानीको समस्याले जोखिम बस्तीमै भूकम्प पीडित

एकिकृत बस्ती पुननिर्माण भएको दुइ वर्ष बितिसक्दा सम्म धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुप्सीपाखामा भूकम्प पीडित सरिसकेका छैनन् । भूकम्पले जमिन हल्लाएर जोखिम बढेको पुरानो बस्ती लाप्राकमा अधिकाशं स्थानीय छन् ।

वादी समुदायका व्यक्तिहरुका लागि नगरपालिकाद्वारा घर निर्माण

घरबारविहिन रहेका वादी समुदायका  पाँच परिवारलाई मंगलसेन नगरपालिकाले सदरमुकाम मै घर निर्माणको थालनी गरेको छ । सदरमुकाममा रहेको वडा नम्बर ५ को भैसेडाँडामा नगरपालिकाले नै जग्गा खरिद गरेर घर निर्माणको

सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकलाई सास्ती

जिल्लास्थित ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण कार्या बैङ्क मार्फत वितरण गरिन थालेपछि थप सास्ती खेप्नु परेको छ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाइ व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउने नाममा

निर्वाचन आचार संहिताको उल्लङ्घन गर्दै चुनाव प्रचार प्रसार

तनहुँ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार डा.स्वर्णिम वाग्लेले निर्वाचन आचार संहिताको उल्लङ्घन गर्दै चुनाव प्रचार प्रसार गर्नु भएको छ । गत चैत २४ गतेबाट लागु भएको निर्वाचन

नेकपा एसका जिल्ला सचिवमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दाङका जिल्ला सचिव तुलसीपुर उपमनपा–१२ का ४२ वर्षीय डिल्ली डाँगीलाई कुटपिट गरेको आरोपमा प्रहरीले  नेकपा एस निकट युवासंघ समाजवादी दाङका जिल्ला अध्यक्ष २८ वर्षीय जविन

इन्सेक गण्डकी प्रदेशद्वारा तनहुँको कारागार अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गन्डकी प्रदेश कार्यालयद्वारा ०७९ चैत २४ गते तनहुँ कारागारको अनुगमन गरिएको छ । कैदी बन्दीको मानव अधिकारको अवस्था, कानुनी उपचारको व्यवस्था, स्वास्थ्य उपचारको अवस्था लगायतको

सडक नहुँदा अशक्त बिरामीको पहुँच बाहिर स्वास्थ्य चौकी

सुत्केरी हुने ब्यथा लागेर कसैले फोन गरे भने बेनी नगरपालिका–४ तातोपानीमा रहेको सिंगा स्वास्थ्य चौकीका कर्मचारीले स्वास्थ्य चौकीमा नल्याउन सुझाव दिन्छन् । बेनी–दरवाङ सडक खण्ड नजिकै रहेको भए पनि स्वास्थ्य

अज्ञात पक्षद्वारा विद्यालय बस तोडफोड

कालिका नगरपालिका-७ पृथ्वी माविको बसमा ०७९ चैत २५ गते तोडफोड भएको छ । एसईई परीक्षा दिएर फर्केका विद्यार्थी चेढेको बसमा रत्ननगर-१६ स्थित बुद्धचोकमा अज्ञात पक्षले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भोजपुर नगरपालिका–५ बोखिमका २५ वर्षीय मनोज कार्कीलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको ०७९ चैत

भाइले गरेको अपराधको सजाय दाइले भोग्नु परेको गुनासो

तनहुँ प्रहरीले ०७७ चै २८ गते शुक्लागण्डकी नगरपालिका–८ गुर्दमका ६८ वर्षीय  बुधे दमैलाई गिरफ्तार गरेको सार्वजानिक गर्‍यो । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीहरूको खोजी

बलात्कार कसुरमा चार वर्ष कैद सजाय

२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सुरुङ्गा नगरपालिका–८ महुलियाका ३३ वर्षीय राजकुमार दासलाई चैत २६ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले आरोपित दासलाई