INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा विद्यालय बस तोडफोड

कालिका नगरपालिका-७ पृथ्वी माविको बसमा ०७९ चैत २५ गते तोडफोड भएको छ । एसईई परीक्षा दिएर फर्केका विद्यार्थी चेढेको बसमा रत्ननगर-१६ स्थित बुद्धचोकमा अज्ञात पक्षले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजयराज पण्डितले बताउनु भयो ।

००१ ग ००१७ नम्बरको सरकारी विद्यालयको बसमा तोडफोड हुँदा बसको झ्यालका सिसाहरू फुटेको विद्यालयका प्रधानाध्यापक प्रकाश अर्यालले जानकारी दिनुभयो ।

तोडफोड गर्ने पक्षको खोजी कार्य भइरहेको डिएसपी पण्डितले बताउनु भयो ।

Photo_079-12-27_Chitwan.

Photo_079-12-27_Chitwan

अन्य

भिडियो