१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ११ गाबुडाँडाका ३७ वर्षीय लिलाबहादुर बस्याललाई चैत २६ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २६ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २६ गते पाल्पा अस्पतालमा गरिएको छ ।