INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका–४ घर भइ महालक्ष्मी नगरपालिका–४ इमाडोल ग्रिनहिल सिटी बस्ने ३८ वर्षीय सुशिल चटौतलाई ०७९ चैत २७ गते १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश सिता शर्मा अधिकारीको इजलासले चटौतलाई १८ वर्ष कैद सजाय, आठ लाख रुपियाँ क्षतिपुर्ति भराउने र २ हजार ८ सय रुपियाँ पीडित राहत कोषमा बुझाउनु पर्ने आदेश भएको अदालतका श्रेस्तेदार विष्णुप्रसाद पाण्डेयले बताउनु भयो ।

चटौतले बालिकालाई ०७८ माघ २४ गते ललाई फकाई बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २५ गते प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २५ गते पाटन अस्पतालमा गरिएको थियो ।

घटनापछि फरार रहेका चटौत ०७८ चैत १६ गते गिरफ्तार भएका थिए ।

प्रहरीले चटौतविरुद्ध जिल्ला अदालतमा ०७९ वैशाख ७ गते मुद्दा दर्ता गरेकोमा वैशाख ११ गते पुर्पक्षका लागि कारागार पठाइएको थियो ।

अन्य

भिडियो