INSEC Online

📅 २०८३ असार १२

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कन्काई नगरपालिका–१ का ३० वर्षीय बाबुलाई माघ १४ गते गिरफ्तार गरेको छ । आरोपित विरूद्ध पीडित पक्षले माघ १४ गते इलाका प्रहरी कार्यालय

८८ वर्षीय बाबुको हत्याका घटनाका आरोपित गिरफ्तार

भोजपुर नगरपालिका –११ आम्तेकका ८८ वर्षीय वृद्धा दलबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय छोरा हरिबहादुर राईलाई माघ १४ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले ५६ वर्षीया कान्छी

एक महिनादेखि सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य बस्तुको अभाव

पटक पटक परेको भारी हिमपातका कारण नाग्म–गमगढी सडक एक महिनादेखि अवरुद्व हुँदा जिल्लामा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ । मङ्सिर २८ र पुस १७ गते परेको भारी हिमपातका कारण

अर्जुन लामा हत्या अनुसन्धानको विवरण पेश गर्न सरकारको नाममा सर्वोच्चको आदेश

काभ्रेका अर्जुन लामा हत्याका विषयमा सर्वोच्च अदालतले अनुसन्धान स्थिति पेश गर्न सरकारको नाममा आदेश दिएको छ । सभामुख अग्निप्रसाद सापकोटा विपक्षी रहेको रिटको माघ १४ गते सुनुवाई गर्दै सर्वोच्चले यसअघि

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय बाबुलाई माघ १५ गते गिरफ्तार गरेको छ । आरोपितले ६ महिनायता बलात्कार गर्दै आएको र अन्तिम पटक माघ १५ गते बलात्कार

क्यान्सर पीडित महिलाको निशुल्क उपचार हुने

विगत तीन वर्षदेखि स्तन क्यान्सरको पीडाले थलिएकी तातोपानी गाउँपालिका–२ की ६५ वर्षीया पुम्फा दमाईको निशुल्क उचार हुने भएको छ । क्यान्सरको पीडा खेपेर घरमै बसेकी पुम्फाको विषयमा समाचार प्रकाशन भएपछि

कारागारका महिलालाई सेनेटरी प्याड र बालबालिकालाई शैक्षिक सामाग्री वितरण

कारागारका कैदी बन्दीको समस्यालाई मध्यनजनर गर्दै शारदा नगरपालिकाले महिला कैदीबन्दीका लागि सेनेटरी प्याड र उनीहरूसँगै बस्ने बालबालिकालाई शैक्षिक सामाग्री माघ १५ गते वितरण गरेको छ । कारागारमा रहेका महिला बन्दी

अज्ञात पक्षद्वारा एनसेल टावरमा आगजनी

बाणगङ्गा नगरपालिका –१० पटनामा रहेको एनसेल टावरमा माघ १२ अज्ञात पक्षले  आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट टावरमा समान्य क्षति भएको छ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया, १८ वर्षीया र १९ वर्षीया तीन जनालाई  लुम्बिनी घुमाउने प्रलोभन देखाएर भारत लैजादै गरेको आरोपमा प्रहरीले नुवाकोट जिल्ला ग्याङफेदी गाउँपालिका–८ का ४० वर्षीय मुइलामा तामाङलाई माघ १२ गते

बलात्कार कसुर ठहर गर्दै नौ वर्ष कैदको फैसला

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ १२ गते  सन्धिखर्क नपा–१० का ४७ वर्षीय गिरबहादुर खड्कालाई नौ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका

प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनका जिल्ला उपाध्यक्ष गिरफ्तार

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठनका जिल्ला उपाध्यक्ष गौमुखी गाँउपालिका – ४ का २६ वर्षीय बालबहादुर घर्तीलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ ।

विद्यालयमै वडा कार्यालय, सेवाग्राही धेरै आउँदा पठनपाठन प्रभावित

देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर २ को कार्यालय सञ्चालन भइरहेको छ । विद्यालयमै वडा कार्यालय राखिएपछि बालबालिकाको पठनपाठनमा समस्या हुने गरेको छ ।

पत्नी हत्याको आरोपमा जन्मकैदको फैसला

३२ वर्षीय पत्नी शर्मीला घर्तिमगरको हत्याको आरोपमा पोखरा मनपा-२७ रिठ्ठेपानी बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्तीलाई जिल्ला अदालत कास्कीले ०७६ माघ १३ गते जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत कास्कीका

अज्ञात पक्षद्वारा टावरमा आगजनी

पौवादुङमा गाउँपालिका – १ श्यामशिलामा रहेको एनसेल टावरमा अज्ञात पक्षले आगजनी गरेको छ । माघ १३ गते विहान ४ बजेको समयमा आगजनी भएकोे जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले साँगुरीगढी गाँउपालिका–६ का २४ वर्षीय सविन काजी बस्नेतलाई माघ १४ गते गिरफ्तार गरेको छ । आरोपितले माघ १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले

कुटपिटकै कारण विद्यार्थीको हत्या भएको कसुर ठहर गर्दै शिक्षकलाई १० वर्ष कैदको फैसला

महाकाली बाल विद्यालयका १४ वर्षीय छात्र माधव कलौनीको सोही विद्यालयका शिक्षक लक्ष्मणदत्त भट्टले कुटपिट गरेकै  कारण मुत्यु भएको कसुर ठहर गर्दै कञ्चनपुर जिल्ला अदालतले माघ १३ गते १० वर्ष कैद

यौन  दुर्व्यवहार कसुरमा छ महिना कैद सजायको फैसला

पाँच वर्षीया बालिकालाई यौन  दुर्व्यवहार गरेको कसुरमा दमक नगरपालिका –२ का ३१ वर्षीय पशुपति भन्ने जीवन अर्याललाई अदालतले माघ १३ गते छ महिना कैद सजायको फैसला गरेको छ । न्यायधीश

शिक्षकको कुटपिटबाट विद्यार्थीको हात भाँचियो

सिरहा नपा–२ घर भई मिर्चैया नपा–६ स्थित स्वास्तिक पाठशालामा कक्षा ६ मा अध्यनरत १२ वर्षीय रितिक यादवको उदयपुर जिल्ला कटारी नपा–२ घर भई सोही विद्यालयमा अध्यापनरत ३१ वर्षीय शिक्षक ताराबहादुर

वीरेन्द्रनगरमा १२ घण्टाका लागि कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय सुर्खेतले माघ १४ गते साँझ साढे ६ बजेदेखि माघ १५ गते बिहान ६ बजेसम्मका लागि वीरेन्द्रनगर नपाको इत्राम खोलाको पश्चिम, इत्राम दक्षिण, कर्णाली राजमार्ग उत्तर तथा बाँङ्खेसिमल

१ सय ७० दिनदेखि बाल सुधार गृहमा रहेका बालकलाई १० दिनको कैद फैसला

२४ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको आरोपमा २०७६ भदौ २५ गतेदेखि बाल सुधार गृहमा रहेका १७ वर्षीय बालकलाई १० दिनको कैद फैसला भएको छ । ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश