२४ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको आरोपमा २०७६ भदौ २५ गतेदेखि बाल सुधार गृहमा रहेका १७ वर्षीय बालकलाई १० दिनको कैद फैसला भएको छ । ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीको बाल इजलासले माघ १३ गते पीडितलाई दुई सय रुपियाँ क्षतिपुर्ति दिने समेत पैmसला गरेको ललितपुर जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले बताउनु भयो ।
पीडित महिलालाई ०७६ भदौ २३ गते सार्वजनिक सवारी साधनमा अभद्र व्यवहार गरेको आरोपमा भदौ २५ गते महानगरीय प्रहरी बृत्त सातदोबाटोमा पीडित पक्षले उजुरी दिएको थियो । उजुरीका आधारमा आरोपिलाई सोहि दिन गिरफ्तार गरी प्रहरीले नाबालक भएकोले बाल सुधार गृहमा पठाएको थियो ।
महिलालाई ‘अभद्र’ व्यवाहर गरेको आरोपमा बालकल विरुद्ध असोज १० गते जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भएको महानगरीय प्रहरी बृत्त सातदोबाटोका डिएसपी मित्र बन्धु शर्माले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २५ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको थियो ।