INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा टावरमा आगजनी

पौवादुङमा गाउँपालिका – १ श्यामशिलामा रहेको एनसेल टावरमा अज्ञात पक्षले आगजनी गरेको छ ।

माघ १३ गते विहान ४ बजेको समयमा आगजनी भएकोे जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताउनु भयो ।

आगजनीबाट टावरमा क्षति पुगेको डिएसपी मगरले बताउनुभयो । घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो