INSEC Online

📅 २०८३ जेष्ठ २१

८८ वर्षीय बाबुको हत्याका घटनाका आरोपित गिरफ्तार

भोजपुर नगरपालिका –११ आम्तेकका ८८ वर्षीय वृद्धा दलबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय छोरा हरिबहादुर राईलाई माघ १४ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले ५६ वर्षीया कान्छी आमा कर्णशोभा राईसँग मिलेर असोज २५ गते ८८ वर्षीय बाबुको हत्या गरेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरबहादुर सलामी मगरले बताउनुभयो ।

आरोपितद्धयले पाँच हजार रूपियाँ दिएर शव फाल्न स्थानीय सन्तोष विक र नारायण विकलाई लगाएपछि अनुसन्धानका क्रममा हत्या भएको खुलेकाले गिरफ्तार गरिएको डिएसपी मगरले बताउनुभयो ।

दलबहादुरको शव सडिएको अवस्थामा टारबारी खोलामा फेला परेको थियो । शवको पोष्टमार्टम मङ्सिर १ गते जिल्ला अस्पतालमा भयो ।

अन्य

भिडियो