पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा दमक नगरपालिका –२ का ३१ वर्षीय पशुपति भन्ने जीवन अर्याललाई अदालतले माघ १३ गते छ महिना कैद सजायको फैसला गरेको छ ।
न्यायधीश विश्वनाथ भट्टराईको इजलासले कसुर ठहर गर्दै सजायको फैसला गरेको हो ।
आरोपितले ०७६ जेठ १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले आरोपित विरूद्ध जेठ २० गते प्रहरीमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको असार १३ को आदेशमा आरोपित एक लाख रूपियाँ धरौटी बुझाएर तारेखमा रिहा भएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २० गते मेची अस्पतालमा भएको थियो ।