नगर प्रमुखमाथि दुर्व्यवहारका आरोपितहरुको रिहाईको माग गर्दै काँग्रेसद्वारा प्रदर्शन
डाकनेश्वरी नगरपालिका प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि दुर्व्यवहार र कर्मचारीहरुमाथि भएको हातपातको आरोपमा गिरफ्तार तीन युवाको रिहाइको माग गर्दै नेपाली काँग्रेस सप्तरीले माघ २७ गते राजविराजमा विरोध प्रदर्शन गरेको छ





