भूमे गाउँपालिका–३ सीमाकी ६० वर्षीया दिलमाया पुनलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पति ७५ वर्षीय नरबहादुर पुनलाई माघ २६ गते गिरफ्तार गरेको छ ।
आरोपित पुनले माघ २६ गते मादक पदार्थ सेवन गरी पत्नीलाई कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी दिलमायाको जिल्ला अस्पताल, रुकुमकोटमा उपचारको क्रममा माघ २६ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गजुसिद्धि बज्राचार्यले बताउनु भयो ।
शवको पोष्टर्माटम माघ २७ गते जिल्ला अस्पताल, रुकुमकोटमा गरिएको प्रहरीले जनायो ।