INSEC Online

📅 २०८३ श्रावण १

स्वास्थ्य सस्थामा एक महिनादेखि औषधि अभाव सेवाग्राही मर्कामा

जिल्लाको सिञ्जा क्षेत्रमा पर्ने कनकासुन्दरी गाउँपालिका अन्तर्गत रहेका पाँच ओटा स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

स्थानीय तहले समयमा औषधि खरिद नगर्दा औषधि अभाव भएको सेवाग्राहीले गुनासो गरेका छन् ।

गाउँपालिकाले समयमा औषधि खरिद नगर्ने र गाउँपालिकाको स्टोरमा भएको औषधि स्वास्थ्य संस्थामा नपठाउने समस्या हुने गरेको स्थानीय विन बुढाले गुनासो गरे ।

माघ महिनाको चिसोमा रुघाँखोकी, निमोनिया भएका बालबालिका र जेष्ठ नागरिक दैनिक २५÷३० जना उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको हाडसिञ्जा स्वास्थ्य सस्थाका इन्चार्ज वीरेन्द्र उपाध्यायले बताउनुभयो ।

स्वास्थ्य संस्थामा स्थानीय सरकारबाट खरिद गरी वितरण गर्ने औषधि हालसम्म खरिद भएको छैन । स्वास्थ्य कार्यालय जुम्ला र अन्य सङ्घ सस्थाबाट आएको औषधिले काम चलाएको हाडसिञ्जा स्वास्थ्य सस्थाका इन्चार्ज उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार अहिले स्वास्थ्य संस्थामा बच्चाका लागि पारासिटामोल (झोल), एन्टीभाइटिक, आँखाको औषधि, जीवनजल लगायतका औषधिको अभाव छ ।

त्यसैगरी कनकासुन्दरी गाउँपालिका–२ बोतामालिकामा रहेको स्वास्थ्य संस्थामा पनि औषधि अभाव रहेको जनाएको छ ।

केही दिनमा स्वास्थ्य संस्थामा औषधि आउने जानकारी प्राप्त भएको मालिकाबोता स्वास्थ्य संस्थाका इन्चार्ज नन्दलाल रावतले बताउनुभयो ।

सबै प्रकारका औषधी पु¥याउन समस्या छ । कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दामोदर आर्चायका अनुसार गाउँपालिकाबाट चालु आर्थिक वर्षमा पाँच लाख रुपियाँकोे औषधि खरिद भइसकेको छ । उहाँले भन्नुभयो कुन कुन स्वास्थ्य संस्थामा कुनकुन औषधिको अभाव भएको हो सवै स्वास्थ्य चौकीमा बुझेर औषधि पठाउने तयारी भएको छ ।

 

अन्य

भिडियो