INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैदको फैसला

३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले माघ २४ गते माण्डवी गाउँपालिका– १ का २४ वर्षीय बलबहादुर रावतलाई १८ वर्षको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद र  ७५ हजार रूपियाँ क्षतिपुर्तिको फैसला गरेको श्रेष्तेदार सिता रेग्मीले बताउनु भयो ।

पीडितलाई ०७६ असार ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ६ गते आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई असार ७ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असार ६ गते जिल्ला अस्पताल, बिजुवारमा गरिएको थियो ।

 

अन्य

भिडियो