INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले घोराही उपमनपा–१० का १३ वर्षीया बालकलाई सात वर्ष कैदको  फैसला गरेको छ ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले बालकलाई घटनामा दोषी ठहर गर्दै सात वर्ष कैद र पीडितलाई ५० हजार क्षतिपुर्ति उपलब्ध गराउने फैसला गरेको हो । कसुरदार नाबालक भएकाले ६ वर्ष ६ महिना कैद मिनाह गद  ६ महिना बाल सुधार गृहमा राख्ने आदेश गरेको छ ।

आरोपितले  ०७५ फागुन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले  फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई फागुन २६ गते गिरफ्तार गरेको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण  फागुन २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।

 

अन्य

भिडियो