INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

फुङलिङ नगरपालिका–७ दोखुकी ३२ वर्षीया प्रमिला गुरुङ पालुङवालाई कुटपिट गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति पृथ्वीमान पालुङ्वालाई प्रहरीले माघ २६ गते गिरफ्तार गरेको छ ।

आरोपितले माघ २२ गते कुटपिट गरेको आरोपमा पीडितले माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको इन्स्पेक्टर विष्णुबहादुर खड्काले बताउनुभयो ।

पीडितको उपचार जिल्ला अस्पतालमा माघ २५ गते गरिएको छ ।

अन्य

भिडियो