INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुव्यवहार घटनाका आरोपितलाई ६ महिना कैद फैसला

४ वर्षीया बालिकालाई यौन दुव्यवहार गरेको आरोपमा चितवन अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले माघ २७ गते आरोपित १४ वर्षीय बालकलाई ६ महिना कैद सजाय फैसला गरेको छ ।

चितवन अदालतका सूचना अधिकारी श्रेष्तेदार रुद्रमणी गिरीका अनुसार चितवन अदालतको ०७५ माघ १४ गतेको आदेशले यस अघि बालकलाई अभिभावकको जिम्मा पठाइएको थियो । पीडित बालिकाको आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा ०७५ पुस २४ गते जाहेरी दिनुभएको थियो । आरोपितलाई पुस २४ गते गिरफ्तार गरिएको थियो । बालिकाको पुस २६ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको भयो । आरोपित बालकलाई बाल सुधार गृह हेटौंडामा राखिने श्रेष्तेदार रुद्रमणी गिरीले बताउनुभयो ।

अन्य

भिडियो