INSEC Online

📅 २०८३ असार १७

समाचार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २२ गते)

भदौ २२ गते १ हजार ४ सय २३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७२ हजार १ सय ८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई भदौ २१ गते गिरफ्तार गरेको छ । बालिकालाई भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १८ गते जिल्ला

नेपाली कांग्रेसको वडा अधिवेशनमा विद्यालयको प्रयोग

नेपाली कांग्रेस पार्टीले ०७८ भदौ २१ गतेको वडा अधिवेशनमा विद्यालयहरुको प्रयोग गरेको छ । कोभिड–१९ को कारण अघिल्लो हप्ताबाट मात्र खुलेको विद्यालय बन्द गराएर नेपाली कांग्रेस वडा अधिवेशन गराएको हो

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

२० वषीया महिलालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–१ रामनगरका २२ वर्षीय अभिषेक धमालालाई आठ वर्ष कैद सजकायको फैसला भएको छ । जिल्ला अदालतका न्यायधीश केशवप्रसाद अधिकारीको भदौ २२ गते इजलासले

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका –७ एडनाटोलका ५८ वर्षीय रनबहादुर बिकलाई भदौ २० गते सैनामैनाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले प्रलोभन देखाएरं भदौ १५ गते

उच्च अदालत विराटनगरद्वारा विपक्षीका नाममा बीमा रकम भुक्तानी नगर्नुको कारण देखाऊ आदेश जारी

उच्च अदालत विराटनगरले कोभिड–१९ को बीमा गराएका सङ्क्रमितहरूलाई सम्झौता बमोजिम बीमा रकम भुक्तानी नगर्नुको कारण माग गर्दै अजोड इन्सोरेन्ससहित विपक्षीहरूको नाममा भदौ २२ गते कारण देखाऊ आदेश जारी गरेको छ

हलिया मुक्तिको १३ वर्षः समस्या ज्यूँका त्यूँ !

सरकारले हलिया  मुक्ति घोषणा गरेको १३ वर्ष पुरा भइसक्दा समेत मुक्त हलियाहरुले भने समस्याबाट मुक्ति पाउन सकेका छैनन् । सरकारले २०६५ भदौ २१ गते हलिया मुक्ति घोषणा गरेको थियो ।

सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा प्रहरीमा उजुरी

सशस्त्र द्वन्द्वको क्रममा बलपूर्वक बेपत्ता पारिएका नौ जना व्यक्तिका परिवारले आफ्ना व्यक्तिको खोजी गरिदिन  भन्दै भदौ २० गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । बारबर्दिया नगरपालिका–१ की देवीसरा खत्री

प्रहरी हिरासतमा मृत्यु घटना छानबिनका लागि समिति गठन

लागु औषध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको अवस्थामा मृत्यु भएका भनिएका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको मृत्युका विषयमा छानबिनका लागि भदौ २१ गते पाँच सदस्यीय छानबिन समिति

कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये १३ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये १३.२५ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता १८ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । त्यसअघिको

कोभिड–१९ को बीमा भुक्तानी माग गर्दै पत्रकार महासङ्घ मोरङद्वारा उच्च अदालतमा रिट दायर

कोभिड–१९ को बीमा भुक्तानीको माग गर्दै नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले भदौ २१ गते उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । कोभिड–१९ सङ्क्रमित पत्रकारलाई बीमा कम्पनीले बीमा वापतको रकम

कारागारमा व्यवस्थापकीय समस्या हुँदा कैदीबन्दीलाई सास्ती

जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भई कैदीबन्दीहरुले सास्ती खेप्दै आएका छन् । २२ जना महिलासहित ९५ जनाको क्षमता रहेको जिल्ला कारागारमा

बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१४ वर्षीया बालिकासँग बालबिबाह गरी बलात्कार गरेको कसुर ठहर गर्दै कल्याणपुर नपा–९ का २३ वर्षीय बरुण यादवलाई   जिल्ला अदालतले भदौ २० गते तीन वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश

इन्सेकको पहलः गोमाको हातमा नागरिकता

मुसिकोट नगरपालिका–३ की ५० वर्षीया गोमा थापाले इन्सेकको पहलमा भदौ १६ गते नागरिकता प्राप्त गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, जिल्ला प्रहरी

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २१ गते)

भदौ २१ गते १ हजार ४ सय ८८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७० हजार ७ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

दक्षिण एशियाली मानव अधिकार संयन्त्र निर्माणका लागि राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न

इन्सेकले फोरम एशियाको सहयोगमा भदौ २१ गते धुलिखेलमा दक्षिण एशियाली मानव अधिकार संयन्त्र निर्माणका लागि राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न गरेको छ । फोरम एशिया, इन्सेकलगायतका संस्थाले दक्षिण एशियामा मानव अधिकार

बलात्कार गरेको कसुरमा १ वर्ष ६ महिना कैद सजायको फैसला

८ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा एक १६ वर्षीय बालकलाई १ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । घटनाका कसुरदार बालक भएकाले कैद सजायको अवधिभर बाल सुधार गृहमा

बाल यौन दुर्व्यवहारको कसुरमा ५ महिना ६ दिन कैद सजाय

१३ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा कालिका नगरपालिका–७ का २५ वर्षीय दीपक परियारलाई जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको भदौ २१ गतेका इजलासले ५ महिना ६ दिन कैद सजाय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–४ का १७ वर्षीय बालकलाई भदौ १९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितलले ०७७ माघ २ गते बलात्कार गरेको भन्दै पीडित

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१५ वर्षीया बालिका बलात्कार भएको घटनाका आरोपित आठवीसकोट नपा–१० का वडाअध्यक्ष ४५ वर्षीय गङ्गाराम चनारा र उनका कान्छा छोरा २२ वर्षीय कुस्माकर चनारा विरूद्ध पीडित पक्षले ०७८ भदौ २१ गते