६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका –७ एडनाटोलका ५८ वर्षीय रनबहादुर बिकलाई भदौ २० गते सैनामैनाबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले प्रलोभन देखाएरं भदौ १५ गते बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ १६ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय सालझण्डीका डिएसपी दिवाकर रिजालले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।