८ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा एक १६ वर्षीय बालकलाई १ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ ।
घटनाका कसुरदार बालक भएकाले कैद सजायको अवधिभर बाल सुधार गृहमा राख्नुपर्ने भनि जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको भदौ २० गतेको इजलासले फैसला गरेको अदालतका सूचना अधिकारी इश्वर आचार्यले बताउनु भयो ।
पीडित बालिकालाई ०७७ भदौ २१ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले १६ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा ०७७ भदौ २२ गते उजुरी दिनुभएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन भरतपुर अस्पतालमा गरिएको थियो ।
आरोपित बालकलाई प्रहरीले भदौ २१ गते नै गिरफ्तार असोज ४ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गराएकोमा न्यायाधीश प्रकाश अधिकारीको सोही दिनको आदेशमा बालकलाई अभिभावकको जिम्मामा छाडिएको थियो ।
दिपेन्द्र अधिकारी