INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

२० वषीया महिलालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–१ रामनगरका २२ वर्षीय अभिषेक धमालालाई आठ वर्ष कैद सजकायको फैसला भएको छ ।

जिल्ला अदालतका न्यायधीश केशवप्रसाद अधिकारीको भदौ २२ गते इजलासले धमालालाई बलात्कारको कसुरमा आठ वर्ष कैद हुने फैसला गरेको हो ।

पीडित महिलालाई ०७७ वैशाख १ गते बलात्कार गरेको आरोपमा धमलाविरुद्ध पीडित आफैले वैशाख २ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुएको थियो ।

धमलालाई प्रहरीले वैशाख २ गते नै गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख ३ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो