१४ वर्षीया बालिकासँग बालबिबाह गरी बलात्कार गरेको कसुर ठहर गर्दै कल्याणपुर नपा–९ का २३ वर्षीय बरुण यादवलाई जिल्ला अदालतले भदौ २० गते तीन वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश प्रकाश खरेलको इजलासले फैसलामा कैदसँगै ३० हजार रुपियाँ जरिबाना तिर्नु पर्ने समेत उल्लेख गरिएको छ ।
पीडित बालिकालाई यादवले ०७७ वैशाख १४ गते ललाइफकाइ बालविवाह गरी बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा वैशाख २८ गते उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख २८ गते भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितलाई वैशाख २८ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा जेठ १९ गतेदेखि यादव पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।