INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाली कांग्रेसको वडा अधिवेशनमा विद्यालयको प्रयोग

नेपाली कांग्रेस पार्टीले ०७८ भदौ २१ गतेको वडा अधिवेशनमा विद्यालयहरुको प्रयोग गरेको छ । कोभिड–१९ को कारण अघिल्लो हप्ताबाट मात्र खुलेको विद्यालय बन्द गराएर नेपाली कांग्रेस वडा अधिवेशन गराएको हो ।

अधिवेशनकै लागि कांग्रेसले निलकण्ठ नगरपालिका–९ स्थित पाल्पा सामरी भञ्ज्याङ मावि बन्द गरेर वडा अधिवेशन गरेको थियो ।

PhotoDhading20780522यसैगरी नीलकण्ठ नगरपालिका कै वडा नम्बर ८ स्थित रत्नदेवी आधारभुत विद्यालय समेत बन्द गरी वडा अधिवेशन गरेको स्थानीय भरत ढुङ्गानाले बताउनु भएको छ ।

नेपाली कांग्रेस वडा समितले चिठ्ठी लेखेर विद्यालयलाई अनुररोध गरेपछि विद्यालय बन्द गरेर वडा नं. ८ को अधिवेशन र निर्वाचन समेत सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक नरहरि लम्सालले बताउनुभयो ।

नेपाली कांग्रेसले शिक्षक युनियनलाई निर्वाचनमा खटाएपछि शिक्षकहरुले समेत विद्यालय बन्द गराएर वडा अधिवेशनहरु गरेका थिए ।

गल्छी गाउँपालिकाको तीन ओटा वडा, निलकण्ठमा नगरपालिकाको चार ओटा वडा, रुबीभ्यालीमा तीन ओटा, खनियाबासमा गाउँपालिकाको दुई ओटा, त्रिपुरासुन्दरी गाउँपालिकाको एक ओटा, गङ्गाजमुनामा गाउँपालिकाको दुई ओटा, नेत्रावतीमा गाउँपालिकाको दुई ओटा, गजुरी र ज्वालामूखी गाउँपालिकाको एक/एक ओटा विद्यालय नेपाली कांग्रेसले वडा अधिवेशनको लागि प्रयोग गरेको स्थानीयबासीले बताए ।

अन्य

भिडियो