INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल यौन दुर्व्यवहारको कसुरमा ५ महिना ६ दिन कैद सजाय

१३ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा कालिका नगरपालिका–७ का २५ वर्षीय दीपक परियारलाई जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको भदौ २१ गतेका इजलासले ५ महिना ६ दिन कैद सजाय हुने फैसला सुनाएको छ ।

पीडितको घरमा कोही नभएको मौका पारी परियारले ०७७ चैत १२ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडितका आफन्तले चैत १३ गते इलाका प्रहरी कार्यालयमा दिनु भएको उजुरी बाल यौन दुरुपयोगमा मुद्दा परिवर्तन भई सजाय भएको अदालतका सूचना अधिकारी इश्वर आचार्यले बताउनु भयो ।

परियारलाई प्रहरीले चैत १३ गते गिरफ्तार गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण चैत १३ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो