INSEC Online

समाचार

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

वीरगंज महानगरपालिका–१४ बहुअरीकी ३५ वर्षीया महिमा खातुनको हत्या घटनाका आरोपित ४७ वर्षीय पति इजहारुल अन्सारी ०८० कात्तिक १३ गते गिरफ्तार भएका छन् । घरायसी विवादको क्रममा धारिलो हतियारले छाती तथा

बेचबिखन घटनाका आरोपित गिरफ्तार

मानव तस्करको गिरोहसँग मिलेर नक्कली कागजात बनाएर भिजिट भिसामा सर्वसाधारणलाई दुबईलगायत खाडी मुलुक पठाएर बेचबिखन गरेको आरोपमा प्रहरीले ०८० कात्तिक १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान २६ वर्षीय

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० कात्तिक १२ गते कौडेना गाउँपालिका–५ मोतिपुरका ३७ वर्षीय दिनेश महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुनिबेसी नगरपालिका-७ का ३७ वर्षीय कृष्णबहादुर तामाङलाई प्रहरीले ०८० कात्तिक ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ४ गते राती धुनीबेसी

नचिनेका व्यक्तिहरुको समूहकाे गोली प्रहारबाट प्रधानाध्यापककाे हत्या

कलैया उपमहानगरपालिका-१ का ३५ वर्षीय रुपेश सर्राफकाे ०८० कात्तिक १३ गते नचिनेका व्यक्तिहरुको समूहकाे गोली प्रहारबाट हत्या भएकाे छ । बाल एकता ईङ्गलिस बोर्डिङ स्कूलका प्रधानाध्यापक सर्राफमाथि कात्तिक १३ गते कलैया

बागमती प्रदेश सरकारद्वारा सङ्घीय सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

संविधानले प्रदान गरेको आफ्नो क्षेत्रभित्र पर्ने अधिकारमाथि हस्तक्षेप गरेको भन्दै बागमती प्रदेश सरकारले सङ्घीय सरकार विरुद्ध सर्वोच्च अदालतमा ०८० कात्तिक १२ गते रिट दर्ता गरेको छ । बागमती प्रदेश सरकारका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चेश्वर गाउँपालिका– ४ का १७ वर्षीय बालकलाई ०८० कात्तिक १२ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८० असार २७ गते र भदौ २३

दुर्व्यवहार घटनाका आरोपित डिएसपी निलम्बित

जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत प्रहरी जवान ३४ वर्षीया एक महिलालाई मदिरा सेवन गरी दुर्व्यवहार गरेको आरोपमा गुल्मी जिल्ला घर भइ जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत ४८ वर्षीय डीएसपी भीमलाल

पुल नहुँदा बालबालिका विद्यालय जानबाट वञ्चित

बनगाड कुपिण्डे नगरपालिका–२ कुनिकका बालबालिकाहरु भेरी नदि वारपार गर्ने पुल नहुँदा विद्यालय जानबाट वञ्चित भएका छन् । गाउँमा बिद्यालय नभएको र टाढाको बिद्यालयमा पढ्न जाने भेरी नदीमा पुल नभएका कारण

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१८ का १९ वर्षीय पवन खड्कालाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । घरमा खेलीरहेकी बालिकालाई आरोपितले कात्तिक १२ गते ललाई

न्याय माग गर्दै अनशन बस्दै आउनुभएकी भारती शेर्पा पत्रकार सम्मेलनका क्रममा बेहोस

आफ्ना पूर्व पति चेतन मानन्धरको हत्यामा अदालतबाट जन्मकैदको फैसला सुनाइएका योगराज ढकाल (रिगल) को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयको विरोधमा निरन्तर रिले अनशन बस्नुभएकी भारती शेर्पा रिपोर्टस क्लबमा आयोजित

कुटपिट गरी हत्या घटनाको आरोपित गिरफ्तार

बाँफिकोट गाउँपालिका– १० मयरी का ७० वर्षीय अलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही गाउँका ६५ बर्षिय मनबहादुर बुढालाई प्रहरीले कात्तिक १० गते गिरफ्तार  गरेको छ ।  । आरोपितले कात्तिक ५

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ तालखर्कका १९ वर्षीय प्रकाश पुरीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० कात्तिक ११ गते

दरबन्दी अनुसारका चिकित्सक नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या

चौतारा सागाचोकगढी नगरपालिका-५ स्थित चौतारा अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सदरमुकाममा रहेको चौतारा अस्पतालमा तीन जना स्थायी र सात जना अस्थायी गरी १० जना

द्वन्द्वपीडितको सरोकार र अन्तर्राष्ट्रिय मापदण्डलाई सम्मान गरेर शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउनु पर्नेमा राष्ट्रसङ्घका महासचिवको जोड

नेपालको चारदिने भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, द्वन्द्वपीडितहरूको सरोकार र नेपालको सर्वोच्च अदालतको आदेश लगायतका मापदण्डमा रहेर र शान्ति प्रक्रियामा बाँकि काम टुङ्गोमा पुर्‍याउनु पर्नेमा जोड

तीन महिनादेखि पारिश्रमिक नपाएको अनुदान शिक्षकको गुनासो

चङ्खेली गाउँपालिका–२ चिप्लेढुङ्गा स्थित नवज्योति आधारभूत विद्यालयका अनुदान शिक्षकहरु तीन महिनादेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन् । साेही विद्यालयका  शिक्षक सुरेन्द्र शाहीले शिक्षा क्षेत्र भाषणमा पहिलो नम्बरको प्राथामिकतामा पर्ने गरेको भए

मासिक तलब पाउनबाट वञ्चित रहेको कर्मचारीहरुको गुनासो

कमलबजार नगरपालिका क्षेत्रका बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुले बिगत तीन महिनादेखि तलब सुविधा पाउनबाट वञ्चिर रहेको गुनासो गर्नुभएको छ । कमलबजार नगरपालिकाका प्रमुख र उपप्रमुख बीचको बिबादका कारण ०८० साउनदेखि असोजसम्मको

दुई सातादेखि स्वास्थ्यचौकीमा औषधि अभाव : सेवाग्राही मर्कामा

अदानचुली गाउँपालिका–३ स्थित श्रीनगर स्वास्थ्यचौकीमा दुईसातादेखि औषधिको अभाव भएको छ । औषधि अभाव भएपछि स्थानीय सेवाग्राही मर्कामा परेका छन् । स्थानीय विरमान बुढाले टाउको र ज्वरो आएर स्वास्थ्यचौकीमा जाँदा स्वास्थ्यकर्मीले

जातीय विभेदका घटनाका आरोपितविरुद्ध उजुरी

गोडैता नगरपालिका–१० सिसौटियाका ३६ वर्षीय रामेश्वर राम चमारलाई जातीय विभेद गरेको आरोपमा गोडैता नगरपालिका–११ सिसौटियाका ४१ वर्षीय प्रमेश्वर यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय मलंगवामा ०८० कात्तिक १२ गते उजुरी

शिशु हत्या घटनाका आरोपित गिरफ्तार

शिशु हत्या घटनाका आरोपित पाल्पा जिल्ला पूर्व खोला गाउँपालिका–१ स्थायी घरभई सिद्धार्थनगर नपा–७ भैरहवा गाउँ बस्ने १९ वर्षीया मनिषा वयम्बु मगरलाई प्रहरीले कात्तिक ९ गते भैरहवाबाट गिरफ्तार गरेको छ ।