INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१८ का १९ वर्षीय पवन खड्कालाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।

घरमा खेलीरहेकी बालिकालाई आरोपितले कात्तिक १२ गते ललाई फकाई आफ्नै घरमा लगेर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

घटना पश्चात पीडा सहन नसकेर बालिका रुन थालेपछि अघिभावकले घटनाबारे थाहा पाएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको छ ।

अन्य

भिडियो