कलैया उपमहानगरपालिका-१ का ३५ वर्षीय रुपेश सर्राफकाे ०८० कात्तिक १३ गते नचिनेका व्यक्तिहरुको समूहकाे गोली प्रहारबाट हत्या भएकाे छ ।
बाल एकता ईङ्गलिस बोर्डिङ स्कूलका प्रधानाध्यापक सर्राफमाथि कात्तिक १३ गते कलैया उपमहानगरपालिका-६ स्थित मदर्सा टोलमा दुई ओटा मोटरसाइकलमा आएका चार जना अपरिचित व्यक्तिहरुको समूहले गोली प्रहार गरेको छ । छाती र टाउकाेमा चार रउन्ड गाेली लागेकाे प्रधानाध्यापककाे प्रादेशिक अस्पतालमा उपचार हुन नसक्दा उनलाई वीरगंजको बयाेधा अस्पतालमा लगिएकाे छ ।
घाइते प्रधानाध्यापककाे उपचारकाे क्रममा कात्तिक १३ गते नै मृत्यु भएको छ ।
यस घटनामा चार जना संलग्न रहेको शङ्का प्रहरीले गरेकाे जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्योपानेले जानकारी दिनु भएकाे छ । साथै घटनाको बारे थप अनुसनधान भइरहेको डीएसपी न्योपानेले बताउनु भएको छ ।