जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत प्रहरी जवान ३४ वर्षीया एक महिलालाई मदिरा सेवन गरी दुर्व्यवहार गरेको आरोपमा गुल्मी जिल्ला घर भइ जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत ४८ वर्षीय डीएसपी भीमलाल भट्टराई निलम्बित भएका छन् ।
आरोपित विरुद्ध पीडितले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा असोज ३० गते उजुरी दिएको एसएसपी गोपाल चन्द भट्टराईले बताउनुभयाे ।
पीडित महिलालाई असोज २५ गते डीएसपी भट्टराईले मदिरा सेवन गरि दुव्र्यवहार गरेको भन्दै गृहमन्त्रालयले कात्तिक ३ गते निलम्बन गरेको एसएसपी भट्टराईले जानकारी दिनुभयो । आरोपितलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् ।
आरोपित ०७७ वैशाखमा इलाका प्रहरी कार्यालय, बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।