बाँफिकोट गाउँपालिका– १० मयरी का ७० वर्षीय अलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही गाउँका ६५ बर्षिय मनबहादुर बुढालाई प्रहरीले कात्तिक १० गते गिरफ्तार गरेको छ । ।
आरोपितले कात्तिक ५ गते मयरी गाउँमा सामान्य विवाद हुँदा कुटपिट गरेर घाईते बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नमराज भट्टराईले जानकारी दिनुभयो।
घाईतेलाई जिल्ला अस्पताल सल्लेमा उपचारपछि थप उपचारको लागि कात्तिक ८ गते मेडिकल कलेज, कोहलपुर ल्याएको थियो । उपचारकै क्रममा कात्तिक १० गते मृत्यु भएको थियो ।
पीडित पक्षले कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
शवको पोष्टमार्टम कात्तिक १० गते जिल्ला अस्पतालमा भएको थियो ।
हत्या आरोपित विरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दायर गरी जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताउनुभयो।