INSEC Online

📅 २०८३ जेष्ठ २१

शिशु हत्या घटनाका आरोपित गिरफ्तार

शिशु हत्या घटनाका आरोपित पाल्पा जिल्ला पूर्व खोला गाउँपालिका–१ स्थायी घरभई सिद्धार्थनगर नपा–७ भैरहवा गाउँ बस्ने १९ वर्षीया मनिषा वयम्बु मगरलाई प्रहरीले कात्तिक ९ गते भैरहवाबाट गिरफ्तार गरेको छ ।

अवैध सम्बन्धबाट कात्तिक ६ गते शिशु जन्मिए पछि फाल्न लैजादै गर्दा स्थानीयले देखेपछि फर्केर कोठामै लुकाई राखेको अवस्थामा गोप्य सूचनाका आधारमा प्रहरीले मृत शिशु सहितका आरोपितलाई  गिरफ्तार गरी ज्यान सम्बन्धी कसुरमा उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय भैरहवाका डिएसपी मनोहर प्रसाद भट्टले बताउनु भयो ।

शवको  पोष्टमार्टम कात्तिक ९ गते भीम अस्पताल, भैरहवामा गरिएको र आरोपितको  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा, स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनायो ।

अन्य

भिडियो