INSEC Online

📅 २०८३ श्रावण १२

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुलरिया नगरपालिका–४ का २१ वर्षीय अर्जुन सुनारलाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २१ गते बलात्कार गरेको भन्दै पीडित

प्रहरी प्रदर्शनकारीबिच झडप

विराटनगर महानगरपालिका-१५ रानीमा प्रहरी र प्रर्दशनकारीबिच झडप भएको छ । हिन्दू धार्मिक संस्थाले विराटनगर महानगरपालिका–१५ स्थित राम जानकी मन्दिरका लागि ०८१ वैशाख ५ गते आयोजना गरेको धार्मिक  र्‍यालीका क्रममा हिन्दू

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–८ का ५५ वर्षीय डण्डीराज जैशीलाई ०८१ वैशाख ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले २०८० फागुन २० गते बलात्कार

नहर भत्किएको तीन वर्षसम्म मर्मत नहुँदा किसान सिँचाइबाट वञ्चित

लगातार दुई वर्षको बाढीपहिरोले खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । ०७८ र ०७९ को असोज–कात्तिकमा अविरल वर्षासँगै आएको बाढीपहिरोले सिँचाइ कुलो (नहर) केही पुरिए । केही बाढीपहिरोले बगाए ।

प्रशासनद्वारा मोरङमा सभा-सम्मेलन गर्न रोक

राम नवमीको अवसरमा हिन्दू धार्मिक संस्थाले विराटनगर महानगरपालिका-१५ मा वैशाख ५ गते निकालेको र्‍यालीका क्रममा मुस्लिम समुदायका युवासँग झडप भएको घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लामा सभा-सम्मेलनमा रोक लगाएको

उपनिर्वाचन ०८१- इलाम निर्वाचन क्षेत्र न.२ मा अघिल्लो चुनावमा भन्दा ५ सय बढी मतदाता

इलाम निर्वाचन क्षेत्र न.२ मा गएको निर्वाचनमा भन्दा वैशाख १५ गते हुने निर्वाचनका लागि ५ सय ४७ जना मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ०८१ वैशाख १४

अस्पतालमा एण्टिरेबिज भ्याक्सिन नहुँदा उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता

मन्थली नगर अस्पतालमा रेबिज रोग विरुद्धको एण्टिरेबिज भ्याक्सिनको अभाव हुँदा  भ्याक्सिन लगाउन जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको छ । रेबिज सङ्क्रमित कुकुर, बिरालो, स्याल, बाँदर जस्ता जनावरले टोक्दा तीनदेखि

क्याम्पसका प्राध्यापकले तलब नपाएको गुनासो

सिंजा बहुमुखी क्याम्पसका प्राध्यापकले तलब सेवा सुविधा नपाएको गुनासो गरेका छन् । क्याम्पस प्रमुख तिर्थबहादुर नेपालका अनुसार ‘२०७६ सालमा ७५ हजार रुपियाँ तलब बुझेको थिए । त्यो तलब पनि एक

पत्नीमाथि खुकुरी प्रहार गर्ने पति गिरफ्तार

बागलुङ नगरपालिका–२ महेन्द्रपथ की ३२ वर्षीया दीपा आलेलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा पति ३५ वर्षीय अर्जुन बहादुर सार्कीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले वैशाख ५ गते गिरफ्तार गरेको छ

उपनिर्वाचन ०८१- आचारसंहिता उल्लङ्घनको आरोपमा उम्मेदवारसँग स्पष्टीकरण, भोट माग्दै शिक्षक

इलाम निर्वाचन क्षेत्र न.२ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिएसँगै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा दुई जना उम्मेदवारसँग स्पष्टीकरण सोधिएको छ । उपनिर्वाचन आचारसंहिता अनुगमन अधिकृत राजेन्द्र

कर्णालीका ४ हजार २ सय घरधुरीले खाेला र नदीकै दुषित पानी पिउन बाध्य

कर्णाली प्रदेशका ४ हजार २ सय बढी घरधुरीले खोला र नदीको दुषित पानी पिउन बाध्य छन्  । स्रोत भएपनि उचित प्रवर्द्धन र पूर्वाधार विकास सहित स्रोत परिचालनको ठोस नीति र

जलिरहेको अवस्थामा प्रहरीद्वारा युवतीको शव नियन्त्रणमा

महोत्तरी जिल्ला मनरासिस्सा नगरपालिका–२ की एक महिलाको शव जलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले ०८१ वैशाख ५ गते राति नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चोक स्थित रेल्वे लिक

असुरक्षित सुत्केरी गराउँदा एक जना महिलाको मृत्यु

लिखु तामाकोशी गाउँपालिका–१ दुरा गाउँका डम्बरबहादुर बराईलीकी पत्नी २८ की सबिता सुनुवारको असुरक्षित तरिकाले घरमै सुत्केरी गराउँदा वैशाख ४ गते मृत्यु भएको छ । घर नजिकै स्वास्थ्य चौकी भए पनि

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका–८ का ३५ वर्षीय नविन चौधरीलाई ०८१ वैशाख ४ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ । पीडितलाई ०८० चैत ९

अविरल वर्षाले गरेको क्षतिको राहत नपाएको पहिरो पीडितको गुनासो

गत साउन १२ गते परेको अविरल वर्षाका कारण भएको क्षतिको राहत नपाएको पहिरो पीडितहरुले गुनासो गरेका छन् । सर्केगाड गाउँपालिका–६ बराई गाउँमा अविरल वर्षाका कारण बनाएको क्षतिको राहत नदिएको स्थानीय

नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित

मुगूम कार्मारोङ गाउँपालिका – ५ सेरोग गाँउमा रहेको एकै परिवार ३ जनाको नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित भएका छन । नेपालकाे संविधान भाग २ को धारा १० को उपधारा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका–४ का २६ वर्षीय अरविन्द दासलाई ०८१ वैशाख ४ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ । पीडितको घरमा कोही भएको अवस्थामा

घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

म्याङलुङ नगरपालिका-३ की ३४ वर्षीया विना लिम्बूले ३७ वर्षीय पति चन्द्र लिम्बूले घरेलु हिंसा गरेको आरोपमा वैशाख ५ गते  प्रहरीमा उजुरी दिनु भएको छ । पीडितले आरोपितले ०८१ वैशाख ५

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कौडेना गाउँपालिका–५ का ३६ वर्षीय राम ईश्वर प्रसाद साहलाई ०८१ वैशाख ४ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ । पीडितका पति

दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

कपिलवस्तु नगरपालिकाका मेयर ४६ वर्षीय सुदिप पौडेलमाथि दुर्व्यवहार गरेको आरोपमा सोही नगरपालिकाकी उपमेयर ३८ वर्षीया सुनिता गुप्ता विरुद्ध ०८१ वैशाख ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिर्ता भएको छ ।