INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीमाथि खुकुरी प्रहार गर्ने पति गिरफ्तार

बागलुङ नगरपालिका–२ महेन्द्रपथ की ३२ वर्षीया दीपा आलेलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा पति ३५ वर्षीय अर्जुन बहादुर सार्कीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले वैशाख ५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८१ वैशाख ५ गते राती खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी दीपाको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।

दीपाका आफन्तले अर्जुन विरुद्द वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका छन् ।

पत्नी दीपालाई खुकुरी प्रहार गरेपछि अर्जुनले सोही खुकुरी आफुलाई पनि प्रहार गरेका थिए । घटनास्थलबाटै गिरफ्तार गरिएका अर्जुनको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान प्रक्रिया सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिनुभयो ।

अन्य

भिडियो