३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–८ का ५५ वर्षीय डण्डीराज जैशीलाई ०८१ वैशाख ४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले २०८० फागुन २० गते बलात्कार गरेको घटनालाई गाउँघरमै मिलापत्र गरिएको भए पनि पीडित महिलाले न्याय नपाएको भन्दै ०८१ वैशाख ४ गते ईलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई वैशाख ४ गते गिरफ्तार गरेको जानकी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष तिर्थराज उपाध्यायले बताउनु भयो ।
पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी वैशाख ६ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी विश्वराज अधिकारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ४ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको छ ।