INSEC Online

📅 २०८३ जेष्ठ २१

जलिरहेको अवस्थामा प्रहरीद्वारा युवतीको शव नियन्त्रणमा

महोत्तरी जिल्ला मनरासिस्सा नगरपालिका–२ की एक महिलाको शव जलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले ०८१ वैशाख ५ गते राति नियन्त्रणमा लिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चोक स्थित रेल्वे लिक नजिकै पोखरीको डिलमा वैशाख ५ गते राति युवतीको शव जलिरहेको अवस्था बारे स्थानीयले प्रहरीलाई खबर गरेपछि शवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रञ्जन अवाले जानकारी दिनु भयो ।

युवतीको शव सँगै नौ महिनाको शिशु (बालिका) समेत जलेर घाइते भएको अवस्थामा फेला पारेपछि प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएकोमा उपचारको क्रममा शिशुको मृत्यु भएको डिएसपी आवाले बताउनु भयो ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको डिएसपी आवाले बताउनु भयो । उहाँले भन्नु भयो– “पीडित परिवारलाई घटना बारे खबर पठाएका छौँ, पीडित परिवार आएपछि शवको सनाखत गरिनेछ ।”

युवतीको हत्या गरी शव जलाएको हुन सक्ने सम्भावना भएपनि पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धान पश्चात मात्र घटना बारे यथार्थ भन्न सकिने डीएसपी आवाले बताउनु भयो ।

अन्य

भिडियो