INSEC Online

📅 २०८३ श्रावण १०

समाचार

जिल्लामा असुरक्षित गर्भपतन बढ्दै

जिल्लामा असुरक्षित गर्भवतन गर्नेको सङ्ख्या बढ्दै गएको छ । चिकित्सकको सल्लाह चेकजाँच विनै मेडिकलबाट गर्भवतनका औषधि खाने र असुरक्षित गर्भवतन गर्नको सङ्ख्या बढ्दै गएको हो । १२ हप्ता सम्मको गर्भ

दार्मा भूकम्प प्रभावित : चार हजार बढीमा हेपाटाइटिस ए सङ्क्रमण

जिल्लाकाे भूकम्प प्रभावित क्षेत्र दार्मा गाउँपालिकामा एक महिना अघिदेखि देखिन थालेको ‘हेपाटाइटिस ए भाइरस’को सङ्क्रमणले प्रकोपको रुप लिएको छ । प्रदूषित पानीका कारण गाउँपालिकाभर नै फैलिएका हेपाटाइटिस ए भाइरसको सङ्क्रमणका

बलात्कार प्रयास कसुरमा नौ वर्ष कैद फैसला

४७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा देवर नाता पर्ने २६ वर्षीय पुरुषलाई ०८१ असार १३ गते जिल्ला अदालतले नौ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

विवाहको बहानामा चीन पु‌‍र्‍याई मानव बेचबिखन गरेको आरोपमा उदयपुर त्रियुगा नगरपालिका–१ जोगीदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले ०८१ असार ११ गते गिरफ्तार

गस्तीमा रहेको प्रहरी र सवारी साधनमाथि आक्रमण

गस्तीमा रहेका प्रहरीको सवारी साधनहरूमा ०८१ असार १० गते ढुङ्गामुढा गरी क्षति पुर्‍याउनुका साथै प्रहरीहरूलाई घाइते बनाएको आरोपमा राजविराज नगरपालिका-६ का २६ वर्षीय सोनु चौहान, २४ वर्षीय अर्जुन मलिक, १७

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२२ वर्षीया शारिरीक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकालु गाउँपालिका-५ का ३१ वर्षीय लिलाबहादुर गुरुङलाई गिरफ्तार गरी असार १३ गते सार्वजनिक गरेको छ । पीडित महिलालाई ०७९  चैत

कोशी प्रदेशमा ३८ हजार ३ सय ७५ जनामा डेङ्गीको सङ्क्रमण, १८ जनाको मृत्यु

कोशी प्रदेशमा डेङ्गीको सङ्क्रमण बढेपछि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । डेङ्गीको सङ्क्रमण वर्षापछि र गर्मीका समयमा बढी हुने भएकाले मन्त्रालयले उच्च सर्तकता अपनाउन निर्देशन

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित विष्णु गाउँपालिका-६ का ३५ वर्षीय नुहसन मिकरानीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार ११ गते उजरी दिनु भएको छ । पीडित

दाइजोको निहुमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

कौडेना गाउँपालिका-५ मोतिपुरकी २३ वर्षीया पुजा महतो नुनीयालाई ०८१ असार ३ गते थप दाइजोको निहुँमा कुटपिट गरेका आरोपित पति २६ वर्षीय रामबाबु महतो नुनीयाविरुद्ध पीडितले असार १२ गते इलाका प्रहरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३७ वर्षीय बुबालाई प्रहरीले ०८१ असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले अन्तिम पटक जेठ १० गते बलात्कार गरेको भन्दै पीडित

ग्यारेजमा आगलागी, दमकल नगएपछि नगरपालिका कार्यालयमा तोडफोड

चन्दननाथ नगरपालिका – ६ बसपार्कस्थित असार १२ गते राती ९ बजेतिर पद्मा आचार्य अधिकारीको ग्यारेजमा आगलागी भयो । आगलागीपछि आगो नियन्त्रण गर्नका लागि स्थानीयदेखि सबै प्रहरी प्रशासन र चन्दननाथ नगरपालिकाको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका-११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा कार्यरत शिक्षकलाई असार १३ गते गिरफ्तार गरेको छ । इटहरी उपमहानगरपालिका-१ स्थायी घर भइ धरान उपमहानगरपालिका-११

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महादेवा गाउँपालिका-४ मनिहार प्रसाहीका २५ वर्षीय शत्रुघ्न कुमार मुखिया ०८१ असार ९ गते गिरफ्तार भएका छन् । घरकोठामा सुतिरहेकी बालिकालाई ललाइफकाई विवाहको प्रलोभन दिई

पत्नी हत्या कसुरमा जन्मकैद

शम्भुनाथ नगरपालिका-५ मोहनपुरकी ३२ वर्षीया किरण कुमारी चौधरीलाई हत्या गरेको कसुरमा उनका पति ३७ वर्षीय इन्द्रदेव चौधरीलाई ०८१ असार ११ गते जन्मकैदको सजाय भएको छ । जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

विवाहको बहानामा उदयपुरकी एक महिलालाई चीन पुर्‍याएर बेचविखन गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई असार ११ गते गिरफ्तार गरेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा ०८१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई ०८१ असार १२ गते बलात्कार गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका–३ पोखरीका ४६ वर्षीय प्रेमसिंह भण्डारीलाई असार १२ गते गिरफ्तार गरेको छ । पीडित पक्षले असार १२ गते

नाम मिलेकै आधारमा एक वर्ष जेल सजाय

कुनै व्यक्ति अन्यायमा पर्यो भने न्यायको खोजीमा प्रहरी, प्रशासन र अदालत पुग्छन् । तर, जिल्लाको एक नागरिकको नाम मिलेकै आधारमा एक वर्ष जेलमा बस्न पर्यो । एक निर्दोष व्यक्तिले एक

हत्या घटनाका आरोपित गिरफ्तार

औरही नगरपालिका-४ कबिलासा की ५० वर्षीया रितादेवी यादवलाई ०८१ असार १२ गते हत्या गरेको आरोपमा सोही दिन प्रहरीले निजका देवर ४५ वर्षीय रामरतन यादवलाई गिरफ्तार गरेको छ । घर बनाउने

दुर्व्यवहार तथा ज्यान मार्ने धम्की घटनाका आरोपितविरुद्ध उजुरी

कविलासी नगरपालिका-८ अगर्वा की ३४ वर्षीया महिला सर्मिलादेवी महतो कोइरीले कविलासी नगरपालिका–१० सलेमपुरका ३५ वर्षीय राजेश यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार ११ गते उजुरी दिनुभएको छ । आरोपितले

अझै हटेन तुइन, जोखिम मोलेर वारपार गर्छन् बालबालिका र ज्येष्ठ नागरिक

कर्णाली नदीमा पक्की पुल बन्न नसक्दा स्थानीयबासी तुइनमार्फत वारपार गर्नुपर्ने बाध्यता छ ।  पूर्वाधार विकास कार्यालयले लालीबगरमा कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि निर्माण कम्पनी छनोट गरे पनि निर्माण कम्पनीले