INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास कसुरमा नौ वर्ष कैद फैसला

४७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा देवर नाता पर्ने २६ वर्षीय पुरुषलाई ०८१ असार १३ गते जिल्ला अदालतले नौ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले बलात्कार प्रयास घटनामा दोषी ठहर गर्दै नौ वर्ष कैदको फैसला गरेको जिल्ला बार इकाइका अध्यक्ष भूपेन्द्रबहादुर थिङले बताउनुभयो ।
आरोपितले ०८० पुस १६ गते पीडितलाई घर नजिक बाटोमा बलात्कार प्रयास गरेको भन्दै पीडितले पुस १६ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण पुस १६ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा भएको थियो ।

अन्य

भिडियो