INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका-११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा कार्यरत शिक्षकलाई असार १३ गते गिरफ्तार गरेको छ ।

इटहरी उपमहानगरपालिका-१ स्थायी घर भइ धरान उपमहानगरपालिका-११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा कार्यरत शिक्षक ४५ वर्षीय गोपाल गुरागाईँलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारीले बताउनु भयो ।

कक्षा कोठामा छात्राहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा विद्यार्थीहरूले ०८१ असार १० गते इलाका प्रहरी कार्यालय, धरानमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

कक्षाकोठामा सधैँ सम्वेदनशील अङ्गमा छोएर यौन दुर्व्यवहार गर्ने गरेको छात्राहरूको आरोप छ ।

अन्य

भिडियो