कविलासी नगरपालिका-८ अगर्वा की ३४ वर्षीया महिला सर्मिलादेवी महतो कोइरीले कविलासी नगरपालिका–१० सलेमपुरका ३५ वर्षीय राजेश यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार ११ गते उजुरी दिनुभएको छ ।
आरोपितले असार २ गते दुर्व्यवहार गर्नुको साथै असार ५ गते कुटपिट गरी ज्यान मार्ने धम्की दिएको पीडितको महिलाले बताउनु भएको छ ।
घटना बारे अनुसन्धान गरी दोषीलाई कानुन बमोजिको कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी रविन्द्र बहादुर सिंहले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य उपचार तथा घाउ जाँच असार ११ गते जिल्ला अस्पताल मलंगवामा भयो ।