INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

विवाहको बहानामा उदयपुरकी एक महिलालाई चीन पुर्‍याएर बेचविखन गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई असार ११ गते गिरफ्तार गरेको छ ।

चीनस्थित नेपाली राजदूतावासको समन्वयमा ०८१ असार ९ गते उद्दार भई नेपाल फर्कीएकी पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलको टोलीले आरोपितलाई ०८१ असार ११ गते गिरफ्तार गरेको हो ।

पीडितलाई आरोपितले सामाजिक सञ्जाल मेसेञ्जरमार्फत आफूले चीनीयाँ नागरिकसँग बिहे गरेर चीन आएको र चीनमा राम्रो हुने भन्दै प्रलोभनमा पारेको पीडितको आरोप छ ।

चीनमा १० वर्षदेखि बसिरहेको र चीनको नागरिकसँग बिहे गरेमा सजिलै चीन जान पाइने भनि फकाएको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

काठमाडौंको ठमेलमा चीनीयाँ केटासँग भेट गराई ०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याएर १ लाख ५० हजार रूपियाँ चीनीयाँ नागरिकलाई बेचबिखन गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा असार १२ गते मानव बेचविखन तथा ओसारपसार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।

अन्य

भिडियो