INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महादेवा गाउँपालिका-४ मनिहार प्रसाहीका २५ वर्षीय शत्रुघ्न कुमार मुखिया ०८१ असार ९ गते गिरफ्तार भएका छन् ।

घरकोठामा सुतिरहेकी बालिकालाई ललाइफकाई विवाहको प्रलोभन दिई आरोपितले असार ४ गते बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा असार ७ गते उजुरी दिनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा असार ७ गते उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा असार ७ गते भएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो