INSEC Online

📅 २०८३ श्रावण ९

समाचार

न्यायिक समितिमा लेनदेनका विवाद धेरै

कोशी प्रदेशका स्थानीय न्यायिक समितिमा लेनदेनका उजुरी धेरै पर्ने गरेका छन् । कोशी प्रदेशका १ सय ३७ ओटा स्थानीय तहका न्यायिक समितिमा अधिकांश उजुरी लेनदेनका हुने गरेका छन् । संविधानको

आत्महत्याको मुख्य कारण मानसिक रोग

वर्षेनी आत्महत्याका घटना बढ्नुको मुख्य कारण मानसिक रोग रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रतिवेदनमा उल्लेख छ । परिषद्ले सन् २०२० मा जारी गरेको अनुसन्धान प्रतिवेदन अनुसार १३ देखि १७ वर्षको

गाउँघरमै मिल्ने जातीय विभेदका घटना पछिल्लो समय प्रहरीदेखि अदालतसम्म

तत्कालिन कर्णाली प्रदेश प्रमुख तिलक परियारको निजी सचिवालयका कर्मचारी नियुक्तिका सन्दर्भमा ०८१ साउन ७ गते सामाजिक सञ्जाल फेसबुकमा दैलेखको महावु गाउँपालिका–४ फागुका ४२ वर्षीय तर्कबहादुर सिंह ठकुरीले दलित समुदायप्रति अपमानजनक

कैदीबन्दीबिच झडपपछि सात जनालाई अन्य कारागार स्थानान्तरण

कैदीबन्दीबिच कारागारभित्रै झडप भएपछि जिल्ला कारागारले सात जनालाई अन्य कारागार स्थानान्तरण गरेको छ । विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीबिच ०८१ साउन १६ गते झडप भएपछि सात जनालाई अन्यत्र सारिएको

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

नवदुर्गा गाउँपालिकाले ज्येष्ठ नागरिक र अपाङ्तता भएका व्यक्तिहरुलाई गाउँसम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिका केन्द्रमा रहेको प्रभु बैंकसम्म आउन नसक्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई

जुम्ला कारागारमा एक कैदीको मृत्यु

जुम्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मुत्यु भएको छ । खत्याड गाउँपालिका–३ मुगु घरभई हाल जुम्ला कारागारमा रहेका ३४ वर्षीय प्रदिप टमटाको साउन २० गते मृत्यु भएको हो

ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय-पत्र बनाउन सास्ती

नेपाल सरकारबाट ०८१ असार २४ गते सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्रलाई ०८१ साउन १ गतेदेखि अनिर्वाय गर्ने निर्णयलाई सरकारले असार २७ गते तत्काल कार्यान्वयन नहुने भनी सार्वजनिक सूचना

अज्ञात पक्षद्वारा महिलाको हत्या

मनोसामाजिक समस्या हुनु भएकी भोक्राहा नरसिंह गाउँपालिका-१ की ४२ वर्षीया सैफुन खातुनको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । इनरुवा नगरपालिका-३ गणेशपुर जाने बाटो नजिकै ०८१ साउन १८ गते

‘छोरी बचाउँ, छोरी पढाउँ’ अभियान मार्फत छोरीलाई प्रोत्साहन गर्दै स्थानीय तह

विजयनगर गाउँपालिकाले पहिलो सन्तानको रूपमा छोरी पाउने नागरिकलाई बैङ्क खातामा पैसा जम्मा गर्ने गरेको छ । गाउँपालिकाले ‘छोरी बचाउँ, छोरी पढाउँ’ अभियान मार्फत परिवारमा पहिलो जन्मिने छोरीका नामको बैङ्क खाता

बाढी पीडितलाई राहत उपलब्ध नहुँदा याङ्ग्री गाउँका नागरिकको जीवन कष्टकर बन्दै

बाढीबाट प्रभावित भएका पाँचपोखरी थाम्पाल गाउँपालिका—२ स्थित याङ्ग्री गाउँमा राहत उपलब्ध नहुँदा, त्यहाँ रहेका ४७ घर परिवारको जीवन यापनमा समस्या भएको छ । गत ०८१ असार ३० गते राती लार्के

बलात्कार घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा माडी गाउँपालिका–६, अंमराइबोटका २४ वर्षीय दिपेन्द्र विकलाई प्रहरीले ०८१ साउन १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १७ गते घरमा एक्लै

शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

सैनामैना नगरपालिका–१ स्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यामिक विद्यालयका शिक्षक कमल भण्डारीले सात कक्षामा अध्ययनरत ११ वर्षीय बालकलाई निर्धात रूपमा कुटपिट गरेका छन् । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–९, गोखुङ्गा स्थायी

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–१३, बेलबासका २४ वर्षीय विवेक गुरुङ विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा ०८१ साउन १८ गते उजुरी दर्ता भएको छ । पीडित युवतीलाई विवाह

अपाङ्गमैत्री विद्यालय नहुँदा चार प्रतिशत बालबालिका अझै विद्यालय बाहिर

विद्यालय भवनहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका बालबालिकाहरू अहिले पनि विद्यालय जानबाट वञ्चित हुनुपरेको छ । विद्यालय जाने समय उनीहरूले आँगन पिँढीमै बिताउने गरेका छन् । पाल्पामा ४ सय ४० ओटा

फुटपात व्यापारी महिलालाई नगर प्रहरीले दुर्व्यवहार गरेको आरोप

बुटवल अस्पताल लाइनमा फलफुल बेच्ने क्रममा नगर प्रहरीले दुर्व्यवहार र ज्यादती गरेको फुटपातमा व्यवसाय गर्ने महिलाहरूले आरोप लगाएका छन् । आफूहरूलाई नगर प्रहरीले सामान डोकोमा राखेर हिँड्दा समेत लखेटी–लखेटी सामान

जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दा नागरिकमा त्रास

पश्चिम नवलपरासी जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेर ७१ पुगेपछि जिल्लाका नागरिकमा सङ्क्रमणको त्रास बढेको छ । विशेष गरी जिल्लाको सदरमुकाम परासी आसपासमा यसको प्रभाव परेको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले

कर्मचारी कुटपिट घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता

खाँदवारी नगरपालिका-८ स्थायी घर भइ नेपाल विद्युत प्राधिकरण कार्यालय, सङ्खुवासभाको शाखा कार्यालय मादीमा इञ्चार्जका रूपमा कार्यरत ३५ वर्षीय राजकुमार राई र मादी नगरपालिका-७ का ३० वर्षीय प्रदीप जिमीलाई कुटपिट घटनाका

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-७ थोक्लुङका  १९ वर्षीय नगेन्द्र श्रेष्ठ र उनकी २० वर्षीया पत्नी मनिता लिम्बूलाई साउन १८ गते गिरफ्तार गरेको छ । आरोपितद्धयले ०८१ साउन

जिल्लामा १४ प्रतिशत हाडनाता करणीको मुद्दा, परिवारबाट नै असुरक्षित बालिका

बर्दिया जिल्ला अदालतमा १४ प्रतिशत हाडनाता करणीको मुद्दा दर्ता भएको पाइएको छ । अदालतमा जबर्जस्ती करणी तथा यौनजन्य कसुर अन्तर्गत दर्ता भएको मुद्दा मध्ये १४.१ प्रतिशत मुद्दा हाडनाता करणीको रहेको

वर्षासँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढ्दो, सावधानी अपनाउन चिकित्सकको सल्लाह

वर्षायाममा मौसम फेर बदल भएसँगै जिल्लाका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ सङ्क्रमणका बिरामीहरू बढ्न थालेपछि सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् । स्क्रब टाइफस उपियाँको टोकाइबाट मानिसमा सर्छ । यो रोग