INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

मोर्चाका कार्यकर्ताद्वारा शान्ति समितिको कार्यालयमा आगजनी

राजविराज नपा-६ स्थित स्थानीय शान्ति समितिको कार्यालयमा फागुन २४ गते दिउँसो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका कार्यकर्ताहरूले आगजनी गरेका छन् । कार्यालयको बोर्डलगायतका सामग्रीहरु तोडफोड गर्दै मोर्चाका कार्यकर्ताहरूले आगजनी गरेका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई फागुन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन

मधेसी मोर्चाले गरेको बन्दका कारण जनजीवन प्रभावित

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको दुई दिने मधेश बन्दका कारण फागुन २४ गते पूर्वाञ्चलका केही जिल्लाको जनजीवन प्रभावित भएको छ । सप्तरीको राजविराजस्थित गजेन्दनारायण सिंह औद्योगिक क्षेत्रमा एमालेले फागुन

संयमता अपनाउन इन्सेकको आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सप्तरीको राजविराजमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच फागुन २३ गते साँझ भएको झडपमा प्रहरीले चलाएको गोली लागी मलेठ-२ का २३ वर्षीय सञ्जन मेहता,

शिक्षक सङ्गठनका अध्यक्षमाथि मोर्चा कार्यकर्ताद्वारा दुर्व्यवहार

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रौतहटका जिल्ला अध्यक्ष ४७ वर्षीय मणिशङ्कर निधिलाई ०७३ फागुन २३ गते साँझ मधेशी मोर्चाका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेका छन् । जिल्ला सदरमुकाम गौरस्थित वीपी चोकबाट

प्रहरीको गोली लागि तीन जनाको मृत्यु

सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको बताइएको छ। यद्यपी प्रहरीले भने सप्तरी मलेठ-२ का सञ्जन मेहताको मात्रै मृत्यु भएको पुष्टि गरेको छ । सप्तरी मलेठ-४

अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी चैत २४ गतेलाई सर्‍यो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १२ औँ पटक पेशी सारेर १३ औँ पेशीको  मिति चैत २४ गतेलाई तोकिएको छ । न्यायाधीशको कार्य व्यस्तताले फागुन २३ गतेको पेशी हेर्न नभ्याइएको

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा मैत्रीपूर्ण भलिवल प्रतियोगिता

“महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार” भन्ने मूल नाराका साथ १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा फागुन २३ गते जुम्लामा सरकारी तथा गैरसरकारी निकायबिच महिला मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न

एमालेको पत्रकार सम्मेलन गर्न नदिन होटल सञ्चालकलाई मोर्चाद्वारा धम्की

नेकपा एमाले सिरहाले फागुन २३ गते गर्न लागेको पत्रकार सम्मेलन गर्न नदिन मोर्चाले होटल सञ्चालकलाई धम्की दिएको छ । मेची महाकाली राष्ट्रिय अभियानको जानकारी दिन नेकपा एमालेले आयोजना गरेको पत्रकार

अपाङ्गता भएका व्यक्ति १५ वर्षदेखि दाम्लोमा

आर्थिक अभावका कारण हंसपुर गाविस-४ का मनोसामाजिक अपाङ्गता भएका २९ वर्षीय विष्णुबहादुर थापालाई उनका परिवारले विगत १५ वर्षदेखि दाम्लोमा बाँधेर राखेका छन् । छारे रोगका कारण मनोसामाजिक अपाङ्गता भएपछि उनलाई

स्वास्थ्यकर्मीको आन्दोलनले खोप अभियान प्रभावित

कैलाली जिल्लाभरी फागुन २१ र २२ गते जापनिज इन्सेफ्लाइटिस जेई तथा पोलियो खोप खुवाइने अभियान स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण स्थगित गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । यसअघि पनि फागुन

पत्नी हत्याका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला

पत्नी हत्याका आरोपित लहान नपा ६ का ३५ वर्षीय विशेश्वरप्रसाद साहलाई जिल्ला अदालत सिरहाले फागुन २३ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । न्यायाधीश राजेन्द्रप्रसाद अधिकारीको इजलासले सो फैसला गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरीमालिका नपा-११ का ३५ वर्षीय इन्द्रबहादुर शाहीलाई फागुन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २० गते बलात्कार गरेको भन्दै

एमालेको कार्यक्रमस्थल नजिक बम फेला

नेकपा (एमाले) को मेची-महाकाली राष्ट्रिय अभियानअन्तर्गत फागुन २३ गते आमसभाका लागि तय गरिएको बसविट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र नजिकै एउटा सकेट बम फेला परेको छ । बम निष्कृय बनाउन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देही पोखरभेण्डी-७ का १८ वर्षीय  विपिन जयसवाललाई फागुन २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २१ गते कब्जामा लिएर बलात्कार

आचारसंहिता पालना गर्न आयोगको आग्रह

निर्वाचन आयोगले राजनीतिक कामका सिलसिलामा निजी हेलिकोप्टर प्रयोग गर्दा आयोगको पूर्व स्वीकृति लिएर मात्र त्यसो गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको राससले जनाएको छ । आयोगको फागुन २२ गते बसेको बैठकले निर्वाचन

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

कनकपुर गाविस-२ की २५ वर्षीया सहनाज खातुनको शव फागुन २२ गते बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेकी खातुनलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बरबोटे-१ इलामका ५६ वर्षीय दुर्गाप्रसाद घिमिरेलाई फागुन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १६ गते बलात्कार गरेको भन्दै पीडित

विद्यार्थीबिच भएको झडपमा एक घाइते

नेविसङ्घ र अनेरास्ववियुका विद्यार्थीबिच फागुन २१ गते भएको झडपमा नेविसङ्घका कार्यकर्ता भीमदत्त नपा-४ भगतपुरका २४ वर्षीय सुदिप उप्रेती घाइते भएको पीडित पक्षको आरोप छ । स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद

एमाले अभियान विथोल्न भन्दै मसाल जुलुस प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले नेकपा (एमाले) को मेची महाकाली राष्ट्रिय अभियान सप्तरी प्रवेश गर्ने अघिल्लो दिन फागुन २२ गते साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । स्थानीय हरिनन्देश्वर