१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देही पोखरभेण्डी-७ का १८ वर्षीय विपिन जयसवाललाई फागुन २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन २१ गते कब्जामा लिएर बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २२ गते प्रहरीमा उजुरी दिएको थियो ।
पीडित पक्षको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सई डेलम्बर घिमिरेले जानकारी दिए । पीडित बालिकाको स्वास्थ परीक्षण फागुन २२ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।