१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बरबोटे-१ इलामका ५६ वर्षीय दुर्गाप्रसाद घिमिरेलाई फागुन २२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १६ गते बलात्कार गरेको भन्दै पीडित बालिकाले तत्कालै प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १६ गते नै जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।