INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएका व्यक्ति १५ वर्षदेखि दाम्लोमा

आर्थिक अभावका कारण हंसपुर गाविस-४ का मनोसामाजिक अपाङ्गता भएका २९ वर्षीय विष्णुबहादुर थापालाई उनका परिवारले विगत १५ वर्षदेखि दाम्लोमा बाँधेर राखेका छन् ।

Photo20170306Arghakhachi

छारे रोगका कारण मनोसामाजिक अपाङ्गता भएपछि उनलाई बाँधेर राख्नुपरेको पीडितका बावु वीरबहादुर थापाले बताए । छारे रोग लागेपछि विष्णुमा चेतना शक्ति गुमेका कारण दाम्लोले बाँधेर राख्नुपरेको उनले बताए ।

विष्णुले दुःख दिन थालेपछि सुरूमा उनलाई साङलोले बाँधेर राखिएको र अहिले भने पीडितको उमेर बढ्दै गएको र केही शान्त व्यवहार देखाउन थालेपछि हाल उनलाई डोरीले हात गोडामा बाँधेर राखिएको छिमेकी कमल थापाले बताए ।

‘अहिलेसम्म धेरैले आएर सोधपुछ गरे तर कसैले आर्थिक सहयोग गरेका छैनन् । कुनै सरकारी वा गैरसरकारी निकायले आर्थिक सहयोग गरे छोराको उपचार गर्न सकिने थियो की?’- पीडितकी आमा खुमाकला थापाले भनिन् । पीडित थापालाई २४ सै घण्टा डोरीले बाँधेर राख्दा हात र गोडामा निल परेको छ भने डाम बसेको छ ।

अन्य

भिडियो