माओवादी केन्द्रका उम्मेदवार चढेको गाडीमा गोली प्रहार
माओवादी केन्द्रका नेता एवम् रोल्पाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार वर्षमान पुन ‘अनन्त’ चढेको गाडीलाई लक्षित गरी अज्ञात समूहले कात्तिक २६ गते दुईखोली गाउँपालिका-३ स्थित तेवरी खोलामा गोली प्रहार गरेको छ





