INSEC Online

📅 २०८३ जेष्ठ २२

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य ३० वर्षीय योगेन्द्र चौहान सहित चारजनालाई कात्तिक २६ गते गिरफ्तार गरेको इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालले जनाएका छन् ।

प्रहरीले चौहान बाहेक अन्य तीन जनाको नाम भने सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार गिरफ्तार गरिएका सबैलाई हिरासतमा राखी अनुसन्धान गरिनेछ ।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका डिएसपी एकनारायण कोइरालाले निवर्चाचन विरोधी गतिविधि गर्ने कसैलाई नछाडिने बताए ।

इन्सेक गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार निर्वाचनको समयमा जिल्लाको शान्ति सुरक्षा खलबल्याउन सक्ने भन्दै जिल्ला नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सात जना कार्यकर्तालाई प्रहरीले कात्तिक २५ र २६ गते गिरफ्तार गरेको छ ।

प्रहरीले गिरफ्तार भएकाहरूको नाम र ठेगाना भने सार्वजनिक गरेको छैन । ‘हामीले गिरफ्तार गरिएकालाई सोधपुछ गरिरहेका छौँ ।’-डिएसपी भेषराज रिजालले भने-‘कात्तिक २७ गते मात्र गिरफ्तार भएकाको बारेमा सार्वजनिक गर्छौँ ।’

गिरफ्तार हुनेमा भरत कोइराला, विशाल गजुरेल, गकुल कुमाल, अनिल कुमाल, मेघराज कुमाल, भोला भुजेल र राजन भट्ट रहेको जनाइएको छ ।

अन्य

भिडियो