सिन्धुपाल्चोकका २० वर्षीया तीन जना र सिन्धुलीकी २२ वर्षीया एक जना गरी चार जना युवतीलाई कुवेत पठाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला हरिवन नपा-८ का २६ वर्षीय टेकबहादुर कालिकोटेलाई कात्तिक २४ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले दिएको जानकारी अुनसार कात्तिक २४ गते चार युवतीसहित भारत बिहारको सीतामढी जिल्ला स्थित कन्हमा शहर प्रवेश गर्न लागेको अवस्थामा सम्सी गाउँपालिका-६ स्थित बाटोमा सीमा गस्तीमा रहेका प्रहरीको टोलीले शङ्का लागि जाँच गरेपछि उनीहरूलाई उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा ल्याइएका ती युवतीलाई अभिभावक बोलाएर घर पठाउने र उनीहरूलाई भारत लैजान लागेको घटनाका आरोपित कालिकोटेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउने तयारी भइरहेको एसपी कडायतले बताए ।