INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह घटनाका आरोपितविरूद्ध उजुरी

लहान नपा-२२ की २८ वर्षीया ललितादेवी चौधरीले ३० वर्षीय पति रविन चौधरीले बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा कात्तिक २६ गते उजुरी दिएकी छन् ।

आरोपितले कात्तिक २३ गते सुनसरी बराहक्षेत्र नपा-८ की २२ वर्षीया अनिता चौधरीसँग बहुविवाह गरेकोले कारबाहीका लागि उजुरी दिएको बताइन् ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुबेदीका अनुसार घटनाको अनुसन्धान गरी आरोपितहरूलाई गिरफतार गरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने छ ।

अन्य

भिडियो