INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरीत हेलिकप्टर प्रयोग गरको भन्दै उजुरी

निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ का काङ्ग्रेसका उम्मेदवार राजेन्द्र बजगाइँ र प्रदेश सभाका समानुपातिक उमेदवार हरिबहादुर घलेले निर्वाचन आचरसंहिता विपरीत हेलिकप्टरको प्रयोग गरेको भन्दै कात्तिक २६ गते नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छुट्टा/छुट्टै उजुरी दिएका छन् ।

कात्तिक २६ गते हेलिकप्टर चार्टर गरेर उत्तरी गोरखाका विभिन्न ठाउँमा चुनावी प्रचार गरेको भन्दै उजुरी प्राप्त भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिए ।

कात्तिक २६ गते काङ्ग्रेस महामन्त्री सशाङ्क कोइरालाको नाउँबाट गोरखाका लागि हेलिकप्टर उडाउने अनुमति निर्वाचन आयोगले दिएको थियो ।

तर, उक्त हेलिकप्टरमा प्रचारक मात्र चढ्न पाउने र उम्मेदवारले प्रयोग गर्न नपाउने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यलयमा उजुरी परेको हो । ‘उजुरीलाई आज नै हामीले निर्वाचन आयोगमा पठाएका छौँ ।’-मुख्य निर्वाचन अधिकृत पौडेलले भने ।

अन्य

भिडियो