INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरीतको कदम सच्याउन एमालेको आग्रह

सरकारले नै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको घटनाले आफ्नो ध्यानाकर्षण भएको भन्दै नेकपा एमाले इलामले निर्वाचन आयोगमा कात्तिक २४ गते ध्यानाकर्षण तथा उजुरीपत्र बुझाएको छ ।

निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा सरकारले निर्वाचनलाई प्रभाव पार्ने गरी प्रहरी तथा कर्मचारीहरूको सरूवा गरेको घटनाले एमालेको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।

आचारसंहिता उल्लङ्घन भएको यो घटना तत्काल सच्याउन र प्रहरी, म्यादी प्रहरी तथा राष्ट्रसेवक कर्मचारीहरूलाई संविधानले प्रदान गरे अनुसारको मताधिकारको अवसर प्रदान गरी समानुपातिकतर्फको मत प्रयोग गर्ने व्यवस्था मिलाउन एमालेले आयोगलाई आग्रह गरेको छ ।

एमालेले जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचन आयोगको ध्यानाकर्षण गराएको एमाले कार्यालय सचिव नवराज शङ्करले जानकारी दिए ।

अन्य

भिडियो